२०८३ बैशाख १९ गते , शनिबार

भन्सार छलि गरी ल्याएको ३ लाख ३१ हजारको सामान बरामद

sajilo news
परिवेश मिडिया
२०८० श्रावण ५ गते , शुक्रबार
भन्सार छलि गरी ल्याएको ३ लाख ३१ हजारको सामान बरामद

बिर्तामोड । भारतबाट भन्सार छलि गरी ल्याइएको सामान प्रहरीले बिर्तामोडबाट बरामद गरेको छ । विहीबार साँझ प्रहरीले हर्कलाल मार्गबाट अवैध रुपमा नेपाल भित्र्याइएको गाडीको पार्टपुर्जा र कस्मेटिक सामान बरामद गरेको हो ।

भन्सार छलेर ल्याएको सामान बिर्तामोड५ स्थित हर्कलाल मार्गमा अटोमा लोड गर्न लागेको अवस्थामा इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बरामद गरेको हो । गाडीको हेडलाइट, वाइफर, विद्युतका सामाग्री, कस्मेटिक्स सामाग्री बरामद गरेको र उक्त सामानको मुल्य ३ लाख ३१ हजार रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । बरामद भएको सामान शुक्रबार भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार