२०८३ बैशाख १९ गते , शनिबार

करोडौँ ठगेर फरार सुनचाँदी व्यवसायी सोमराज पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० श्रावण ५ गते , शुक्रबार
करोडौँ ठगेर फरार सुनचाँदी व्यवसायी सोमराज पक्राउ

बिर्तामोड । मलाई नखोज्नु भन्दै सम्पर्क विहीन भएका झापा गौरादहका सुनचाँदी व्यवसायी सोम विश्वकर्मा आज काँकडभिट्टाबाट पक्राउ परेका छन् । उनलाई झापा प्रहरीको टोलीले नेपाल प्रवेश गरे लगत्तै पक्राउ गरेको हो ।

गत असार १४ गते चिठी लेखेर वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको म्यासेन्जरमा पठाएर सम्पर्क विहीन भएका विश्वकर्मालाई पक्राउ गरी चन्द्रगढी हिरासतमा राखिएको छ । गौरादहबासीको करोडौं रकम ठगी गरेर फरार भएका ५१ बर्षीय विश्वकर्मा सिक्किम, दार्जिलिङसहित भारतको विभिन्न ठाउँ घुमेर फर्किएको बुझिएको छ । भारतीय नम्बर झापा प्रहरीले भेटेपछि विश्वकर्मा भाग्न नपाएको झापा प्रहरीले जनाएको छ । उनी विरुद्ध असार २४ गते ठगी मुद्धा दर्ता गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

गौरादहका ४६६ जनाको २४ करोड ६५ लाख ३ सय ५५ रुपैयाँ हिनामिना गरेर उनी फरार भएका थिए । उनीविरुद्ध इलाका प्रहरी कार्यालय दमकमा पीडितहरुले ठगी मुद्धा दर्ता गरिसकेको वडाध्यक्ष भण्डारीले जानकारी दिएका छन् । प्रहरीका अनुसार उजुरीका आधारमा अब कानुनी प्रक्रिया अघि बढ्नेछ ।

सम्बन्धित समाचार