२०८३ बैशाख १९ गते , शनिबार

पैसा लिएको बिषयमा जलेश्वर धामको स्पष्टोक्ति

sajilo news
परिवेश मिडिया
२०८० श्रावण ३ गते , बुधबार
पैसा लिएको बिषयमा जलेश्वर धामको स्पष्टोक्ति

बिर्तामोड । दर्शनार्थीहरुबाट पैसा लिएको बिषयमा चौतर्फी विरोध भएपछि अर्जुनधारा जलेश्वर धामले त्यस बिषयमा प्रष्ट पारेको छ । आज एक विज्ञप्ती जारी गरी धामले प्रष्टिकरण दिएको हो ।

भक्तजनबाट अर्जुनधारा जलेश्वर धाम दर्शन गर्न दुई सय रुपैँया लिएको बिषयमा सामाजिक सञ्जालमार्फत आएको गुनासोको बिषयमा आफ्नो ध्यानाकर्षण भएको जलेश्वर धामले जनाएको छ । भक्तजनको अत्यधिक भिड बढेका कारण लाइनको व्यवस्थापन गरिएको र लाइनमा नबसी शीघ्र दर्शन गर्न चाहनेहरुका लागि मात्र शुल्क लिने निर्णय भएको अर्जुनधारा जलेश्वर धामका अध्यक्ष नविन गट्टानीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । तर, लाइनमा बस्न नसक्ने शारीरिक अपाङ्गता भएका, असक्त, असहाय र वृद्धवृद्धाहरुका लागि निशुल्क दर्शनको व्यवस्था गरिएको गट्टानीले बताएका छन् ।

हेर्नुहोस विज्ञप्ती

 

सम्बन्धित समाचार