२०८३ बैशाख १९ गते , शनिबार

पूर्वमन्त्रीसमेत रहेका एमाले नेता यादव बैंकिङ कसुरमा पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० श्रावण १ गते , सोमबार
पूर्वमन्त्रीसमेत रहेका एमाले नेता यादव बैंकिङ कसुरमा पक्राउ

काठमाण्डौ । लुम्बिनी प्रदेशका पूर्व भूमिव्यवस्था तथा सहकारीमन्त्री तथा नेकपा एमालेका नेता विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । गत माघ १० गते रुपन्देहीको सियारी गाउँपालिका१ का उमाशंकर यादवलाई रकम नभएको चेक दिएको भन्दै बाँके प्रहरीले पक्राउ गरेको हो ।

रुपन्देही प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार बैंक अफ काठमाडौंमा १२ लाख २८ हजार रुपैयाँको चेक साट्न जाँदा पैसा नभएको भन्दै उनी विरुद्ध बैंकिङ कसुरको मुद्दा परेको थियो । मुद्दा परेपछि सोमबार बाँकेबाट पक्राउ गरि रुपन्देही लगिएको हो ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी जसपाबाट बाँकेको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भएका थिए । पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै तत्कालिन अवस्थामा पार्टीले उनलाई कारवाही समेत गरेको थियो ।
त्यसपछि उनी जसपामा गएका थिए । उनी गएको मंसिरमा भएको निर्वाचनमा पनि एमालेबाट चुनाबी मैदानमा थिए । सोही निर्वाचनमा उनी जसपाका भण्डारीलाल अहीरसँग पराजित भएका थिए ।

सम्बन्धित समाचार