२०८३ बैशाख १९ गते , शनिबार
नेपाल परिवार नियोजन संघ झापामा भट्टराई
बिर्तामोड । नेपाल परिवार नियोजन संघ झापाको सभापतिमा लोकनाथ भट्टराई (बुईपाली) निर्वाचित भएका छन । आज सम्पन्न संघको निर्वाचनमा भट्टराईले प्रतिद्वन्द्वी गणेश पोखरेललाई पराजित गरेका हुन ।
संघको ४५औँ सभापति पदका लागि भएको निर्वाचनमा भट्टराईले ३१२ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी पोखरेलले २१९ मत प्राप्त गरे ।
मतदाताको संख्या ७५३ भएपनि निर्वाचनमा ५३३ मत खसेको थियो । दुई मत बदर भएको थियो ।