२०८३ बैशाख १९ गते , शनिबार
शुक्रबार सप्तकोशीमा खसेको ट्रक निकालियो
बिर्तामोड । सप्तकोशी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक शनिबार निकालिएको छ । शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे १ ख ३००७ नम्बरको मालवाहक ट्रक शनिबार निकालिएको हो ।
क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो ।
ट्रक निकाल्ने क्रममा केही बेर ब्यारेज पुलमा आवागमन रोकिएको थियो । सप्तरी र सुनसरीको सीमा छुट्याउने कोशी ब्यारेजको पुलको १० नम्बर ढोकाअगाडि ट्रक सप्तकोशी नदीमा खसेको थियो । ट्रकमा सवार तीनजना लाई सकुशल उद्धार गरिएको थियो ।