२०८३ बैशाख १९ गते , शनिबार

मेचीनगरले आफ्नो भवनमा सञ्चार प्रतिष्ठान राख्न नदिने

sajilo news
परिवेश मिडिया
२०८० असार ३० गते , शनिबार
मेचीनगरले आफ्नो भवनमा सञ्चार प्रतिष्ठान राख्न नदिने

बिर्तामोड । मेचीनगर नगरपालिकाले आफ्नो भवनमा सञ्चार प्रतिष्ठानको कार्यालय राख्न नदिने भएको छ । नगरपालिकाको भवनभित्र सञ्चार प्रतिष्ठानका लागि भनेर छुट्याइएको कोठामा पालिकाले ताला लगाएको हो ।

जनप्रतिनिधिले सञ्चार प्रतिष्ठानका लागि उपलब्ध गराएको कोठामा प्रमुख प्रशासकीय अधिकृतले ताला लगाईदिए पछि नगरपालिकाले प्रतिष्ठानको कार्यालय राख्न नदिने संकेत गरेको छ ।

नगरकार्यपालिका भवनको तेस्रो तलामा प्रतिष्ठानको कार्यालय राख्ने भनेर तोकिएको कोठामा रंगरोगनको काम समेत सकिए पछि सञ्चार प्रतिष्ठानको कार्यालय नगरपालिका परिषर भित्र राख्न नमिल्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले उक्त कोठामा ताला लगाउन लगाएका हुन् ।

प्रतिष्ठानको कार्यालय व्यवस्थापनका लागि आवश्यक फर्निचर, ल्यापटप र प्रिन्टर समेत खरिद गरिसकेको अवस्थामा जनप्रतिनिधिले उपलब्ध गराएको कोठामा नगरका प्रमुख प्रशासकीय अधिकृतले ताला लगाएर कार्यालय राख्न नदिने भनेसंगै सञ्चार प्रतिष्ठानको कार्यालय स्थापानाको बिषय नै अन्योलमा परेको छ ।

नगरपालिकाको परिषर भित्र सञ्चार प्रतिष्ठानको कार्यालय राख्न मिल्दैन,’ प्रमुख प्रशासकीय अधिकृत पराजुलीले भने, ‘मेरै निर्देशनमा ताला लगाएको हो ।

नगर क्षेत्रका सञ्चारकर्मीहरुको क्षमता विकासका साथै लोक कल्याणकारी विज्ञापनको समानुपातिक वितरणका लागि गठन गरिएको सञ्चारप्रतिष्ठानलाई पालिकाले खासै सहयोग गरेको देखिँदैन । प्रतिष्ठानले झापाका ३ दर्जन बढी सञ्चारमाध्यमलाई चालु आवमा सुचिकृत गराएपनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन सकेन । सो बिषयमा प्रतिष्ठानका पदाधिकारीहरुले पालिकाको ध्यानाकर्षणसमेत गराएका थिए । 

विवादका बिच गठन गरिएको सञ्चार प्रतिष्ठानको कार्यालय व्यवस्थापनका लागि भन्दै मेचीनगर नगरपालिकाले चालु आर्थिक बर्ष २०७९÷८० मा दुई लाख २५ हजार रकम बिनियोजन गरेको थियो । पालिकाले सोहि बजेटबाट फर्निचर लगायत अन्य सामाग्रीसमेत खरिद गरिदिएको बुझिएको छ ।  

सम्बन्धित समाचार