२०८३ बैशाख १९ गते , शनिबार
चार्जमा राखेको मोबाइल चिसो हातले चलाउँदा करेन्ट लागेर मृत्यु
बिर्तामोड । चार्जमा राखेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर झापाको गौरीगञ्ज–१ मा एक महिलाको मृत्यु भएको छ । गौरीगञ्ज–१ टुनुबस्तीकी जगतबहादुर बुढाथोकीकी श्रीमती ५५ वर्षीया शिला बुढाथोकीको बिहीवार दिउँसो मृत्यु भएको हो ।
खेतमा काम गरी घरमा आएर चार्जमा राखेको मोबाईलमा फोन उठाउने क्रममा करेन्ट लाग्दा बुढाथोकीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खेतमा काम गरेर घर फर्केको अवस्थामा चिसो हातले चार्जमा राखेको मोबाइल छुँदा बुढाथोकीलाई करेन्ट लागेको जनाइएको छ ।