२०८३ बैशाख १९ गते , शनिबार

सप्तकोशीमा ट्रक खस्यो, तीन जनाको सकुशल उद्धार

sajilo news
परिवेश मिडिया
२०८० असार २९ गते , शुक्रबार
सप्तकोशीमा ट्रक खस्यो, तीन जनाको सकुशल उद्धार

विराटनगर । सप्तकोशीको पुलबाट ट्रक नदीमा खसेको  छ। सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा बिहान बससँग  ठोक्किएर ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ ।
नदीमा खसेको ट्रक बेपत्ता छ । प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गरेको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७:४० बजेतिर ठोक्किएर दुर्घटना भएको थियो ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७:४० बजेतिर ठोक्किएर दुर्घटना भएको थियो ।

सम्बन्धित समाचार