इलाम झापा मैत्री समाज अर्जुनधारामा खरेल
अर्जुनधारा । इलाम झापा मैत्री समाज अर्जुनधारा नगर समितिको अध्यक्षमा पर्शुराम खरेल चयन भएका छन् । बुधबार अर्जुनधारा जलेश्वर धामको सभाहलमा भएको नगर अधिवेशनबाट खरेलसहित ११ जनाको कार्य समिति सर्वसम्मत चयन भएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा एकदेव खनाल, सचिव निशा अधिकारी, सहसचिव रमेश तिखत्री र कोषाध्यक्ष लिला थापा राई चयन भएका छन् ।
अन्य सदस्यहरुमा अम्बिका उप्रेती, तुलाराम आचार्य, राम थापा, चन्द्रकला ढकाल, विमला भट्टराई, कमला चापागाई, भुपेन्द्र शिवाकोटी र एकनाथ शिवाकोटी चयन भएका हुन् ।
उपाध्यक्ष एकदेव खनालको सभापतित्वमा सम्पन्न अधिवेशनको प्रमुख अतिथी इलाम झापा मैत्री समाज जिल्ला अध्यक्ष तिलोत्तमा खत्री र अन्य विशेष अतिथीहरु जिल्ला उपाध्यक्ष नरेश कर्माचार्य, महासचिव दिनेश भट्टराई, शिवा राई, गोविन्द खतिवडा, रमेश तित्रखी रहेका थिए ।
कार्यक्रममा मैत्री समाजको पहलमा शनिश्चरे बजारमा निर्माण गरिएको खानेपानी धाराको महशुल भुक्तानी गर्नुहुने समाजसेवीहरु गणेश प्रसाई, माया पौडेल र कुलप्रसाद उप्रेतीलाई सम्मान गरिएको सदस्य विमला भट्टराईले जानकारी दिइन् ।
जिल्ला अध्यक्षमा तिलोत्तमा खत्री चयन भएसँगै नगर अधिवेशन गठनले तीब्रता पाएको छ ।
इलामबाट झापामा आएर स्थायी वा अस्थाई बसोबास गर्ने मानिसहरुको सामाजिक संस्थाको रुपमा रहेको मैत्री समाजले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । सोहि कार्य अन्तर्गत साउनको प्रत्येक सोमबार अर्जुनधारा जलेश्वर धाममा जल चढाउन आउने भक्तजनहरुको सहजताका लागि पिउने पानी, सर्बत र सातु वितरण गर्ने गरेको सचिव सागर रिजालले जानकारी दिए ।