२०८३ बैशाख १९ गते , शनिबार
प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८:३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
अस्पतालले निधनको कारण ‘कार्डियाक अरेष्ट’ भनेको छ । विहान ८ बजे कार्डियाक अरेष्ट भएकी उनलाई चिकित्सकले ८:३३ मृत घोषित गरेका थिए ।
६९ बर्षीया सीता दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ । रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् ।
दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने तथा २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।