२०८३ बैशाख १९ गते , शनिबार

इलाम झापा मैत्री समाजले साउने सोमबार अर्जुनधारामा सर्बत वितरण गर्ने

sajilo news
परिवेश मिडिया
२०८० असार २६ गते , मंगलबार
इलाम झापा मैत्री समाजले साउने सोमबार अर्जुनधारामा सर्बत वितरण गर्ने

बिर्तामोड । इलाम झापा मैत्री समाजले साउन महिनाको सोमबार अर्जुनधारा जलेश्वर धाममा आउने भक्तजनलाई सर्बत वितरण गर्ने भएको छ । समाजले भक्तजनको सहजताका लागि विगतका बर्षहरुमा झैँ यस बर्षपनि सर्बत, पानी र सातु वितरण गर्न लागेको हो ।

समाजको सोमबार बसेको जिल्ला समिति तथा नगर समितिहरुको संयुक्त बैठकले साउने सोमबार जलेश्वर धाममा सर्बत वितरण गर्ने निर्णय गरेको समाजकी अध्यक्ष तिलोत्तमा खत्रीले बताइन् । खत्रीका अनुसार बिहानै टाढा टाढाबाट जल चढाउन आउने भक्तजनहरुको सहजताका लागि सर्बत, पानी र सातु वितरण गर्न लागिएको हो ।

पहिलो सोमबार इलाम झापा मैत्री समाज जिल्ला कार्यसमितिले वितरण कार्य गर्ने जिल्ला सचिव सागर रिजालले जानकारी दिए । त्यस्तै दोस्रो हप्ता नगर समिति बिर्तामोड, तेस्रो हप्ता भद्रपुर, चौथो हप्ता बुद्धशान्ति र पाँचौ हप्ता अर्जुनधारा नगर समितिले वितरण गर्ने निर्णय भएको रिजालले बताए ।

 

सम्बन्धित समाचार