२०८३ बैशाख १९ गते , शनिबार

स्कुलको सेफ्टी ट्याङ्कीमा खसेका लिम्बूको अवस्था गम्भीर

sajilo news
परिवेश मिडिया
२०८० असार २६ गते , मंगलबार
स्कुलको सेफ्टी ट्याङ्कीमा खसेका लिम्बूको अवस्था गम्भीर

बिर्तामोड । झापाको मेचीनगर नगरपालिका१० धुलाबारीस्थित एक मन्टेश्वरीको सेफ्टी टयाङ्कीमा खसेका बालकको अवस्था गम्भीर रहेको छ । सानो साथी किन्डर गार्डेनको सेफ्टी ट्याङ्कीमा डुबेर स्थानीय आठ बर्षीय तान्चोक लिम्बू गम्भीर घाइते भएका हुन् ।

उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालको सघन उपचार कक्ष (भेण्टिलेटर)मा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक छ । बालकको अवस्था गम्भीर छ,’ बिएण्डसीका जनसम्पर्क अधिकृत प्रमिस गिरीले भने,‘चिन्ताजनक अवस्थामा भेण्टिलेटरमा उपचार भइरहेको छ ।परिवेश मिडियासँगको सम्पर्कमा गिरीले बालकको अवस्था खतरामुक्त नभएको बताए ।

ढक्कन कमजोर भएका कारण लिम्बू विद्यालय समयमा सेफ्टी ट्याङ्कीमा खसेका थिए ।

सम्बन्धित समाचार