२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोड ७ को वडा कार्यालय आफ्नै भवनमा

sajilo news
परिवेश मिडिया
२०८० असार २४ गते , आईतबार
बिर्तामोड ७ को वडा कार्यालय आफ्नै भवनमा

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ को प्रशासनिक भवन उद्घाटन गरिएको छ । आइतबार एक औपचारिक कार्यक्रमका विच वडा नम्बर ७ स्थित पाथिभरा टोलमा नव निर्मित भवनको उद्घाटन गरिएको हो  ।

नयाँ भवनको उद्घाटन प्रदेश सांसद एकराज कार्की र बिर्तामोड नगरपालिकाका कार्यवाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले संयुक्त रुपमा गरेका हुन् ।

यस अघि वडा नम्बर ७ को कार्यालय गरामनीमा संयुक्तरुपमा वडा नम्बर ८ र ९ संगै एउटै भवनमा सन्चालन हुंदै आएको थियो ।

स्थानीयहरुले वडा कार्यालयको लागि १५ कट्ठा १० धुर जग्गा उपलव्ध गराएपछि नगरपालिकाले उक्त क्षेत्रमा २८ लाख रुपैँयांको लागतमा ४ कोठे पक्की भवन निर्माण गरेको हो ।

प्रदिप खरेल, श्रीप्रसाद उप्रेती, भिम प्रसाद उप्रेती, तुलसीराम कडरिया, कृष्णप्रसाद भट्टराई, प्रदिप खनाल, चुडामणि बराल, डिकुरामदेवी रिजाल, काशी रिजाल, निलम पकुवाललगायतले वडा कार्यालयका लागि जग्गा उपलब्ध गराएका हुन् ।

सम्बन्धित समाचार