बिर्तामोडले दियो शारीरिक असक्तता भएकालाई सहायक सामाग्री
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले शारीरिक असक्तता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरेको छ । विहीबार नगरपालिका परिसरमा आयोजित एक कार्यक्रमका बिच उनीहरुलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
नगरपालिकाले ह्विल चियर २४ थान, स्टिल वाकर ३ थान, कम्वोड चियर ३ थान र एल्वो स्टिक २ थान वितरण गरेको हो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले अपाङ्गताहरुको क्षेत्रमा छुट्याएको बजेटबाट सामाग्री खरिद गरि वितरण गरिएको बताइन् । उनले आगामी दिनमा आवश्यकता पहिचान गरेर थप सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्दै वितरण गरिएका सामाग्रीको सदुपयोग गर्न आग्रह गरिन् ।
कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष सूर्य कन्दङ्वा, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, कार्यपालिका सदस्य लक्षिमा खतिवडा, शर्मिला राजवंशी, तिला गौतम, निर्मला देवी सुनार, नेत्रहिन संघ झापाका प्रतिनिधि दिपक थापा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम सामाजिक विकास समिति संयोजक यमुना आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।