बुद्धशान्तिका दुई फरार प्रतिवादी पक्राउ
बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले बुद्धशान्तिका श्यामकुमार अधिकारी र गोपाल बराईलीलाई पक्राउ गरेको हो ।
बुद्धशान्ति–१ का ४७ बर्षीय अधिकारीलाई वन पैदावर हानी नोक्सानी तथा ओसारपसार गरेको कसुरमा २ महिना कैद र २८ हजार ४७५ रुपैँया जरिवाना तथा एक हजार १३९ रुपैँया क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अदालतले २०७९ जेठ ९ गते सो फैसला गरेको थियो ।
त्यस्तै बुद्धशान्ति ३ बस्ने ५० बर्षीय गोपाल बराइलीलाइै सवारी ज्यान मुद्दामा १ महिना कैद र २ हजार रुपैँया जरिवाना हुने जिल्ला अदालत झापाले २०७६ भदौ १० गते फैसला गरेको गरेको थियो ।
उनीहरु दुवै जनालाई बुधबार पक्राउ गरि फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराई अदालतको आदेश अनुसार कैद भुक्ताका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।