२०८३ बैशाख १९ गते , शनिबार
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक घाइते
बिर्तामोड । जंगली हात्तीको आक्रमणबाट मेचीनगर–१० महानन्द चोकमा सोमबार विहान एक जना वृद्धाको मृत्यु भएको छ । भारत सिलिगुडी घर भई बाङ्गेचोकमा बस्दै आएकी ८० वर्षीया पानालालदेवी साहको विहान सवा पाँच बजे जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
मागुरमाडी जंगलबाट आएको हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै बुद्धशान्ति ५ स्थित चिया बगानमा काम गर्न जाने क्रममा बुद्धशान्ति ५ धिमाल गाउँ बस्ने ३८ बर्षीया कमला धिमाललाई सोमबार विहान ६ बजे हात्तीले आक्रमण गर्दा घाइते भएकी छिन् । उनलाई हात्तीको सुँडले आक्रमण गरेको थियो । उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।