२०८३ बैशाख १९ गते , शनिबार

गुरु पुर्णिमामा पतञ्जली योग नगर समितिद्वारा कार्यक्रम आयोजना

sajilo news
परिवेश मिडिया
२०८० असार १८ गते , सोमबार
गुरु पुर्णिमामा पतञ्जली योग नगर समितिद्वारा कार्यक्रम आयोजना

बिर्तामोड । बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी गुरु पुर्णिमा मनाइएको छ । पतञ्जली योग नगर समिति र महिला पतञ्जली योग नगर समिति बिर्तामोडले कार्यक्रम आयोजना गरेको हो ।

समितिले संयुक्त रुपमा सोमबार विहान बिर्तामोड १ स्थित कारवास साधना केन्द्रमा कार्यक्रम आयोजना गरेको हो ।

विभिन्न अभ्यास र ध्यानको माध्यमबाट मन र शरिरलाई जोडेर स्वस्थ्य जीवन बाँच्नका लागि साधना केन्द्रहरु सञ्चालन गर्दै आएको पतञ्जली योग समितिले हरेक बर्ष गुरु पुर्णिमाको अवसरमा कार्यक्रम आयोजना गर्दै आएको छ ।

गुरुको महत्वमाथि प्रकाश पारिएको कार्यक्रममा सहभागिहरुलाई महिला पतञ्जली योग नगर समिति अध्यक्ष निर्मला अग्रवालले स्वागत गरेकी थिइन् । जलकुमार गुरुङ, जितेन्द्र बस्नेत, पुष्प खड्का, पुरन ठकुरीभुमाकुमारी घिमिरेले शुभकामना मन्तव्य राखेका थिए ।

अतिथीहरुलाई महिला समिति सचिव अनिता ठकुरीले खादा लगाएर सम्मान गरेकी थिइन् ।

पतञ्जली योग नगर समिति अध्यक्ष चेतन उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा पतञ्जली योग पिठ नेपालका आजिवन सदस्य तथा पतञ्जली योग समिति झापाका कोषाध्यक्ष जगन्नाथ खनाल प्रमुख अतिथी रहेका थिए । नगर समिति बिर्तामोडका महामन्त्री मनोज ढकालले सञ्चालन गरेको सो कार्यक्रममा सनराईज बैंक बिर्तामोडका प्रबन्धक गणेश गुरागाईँ, योग प्रशिक्षक राजकुमार राजवंशीलगायत साधक साधिकाहरुको बाक्लो उपस्थिती रहेको थियो ।   

सम्बन्धित समाचार