२०८३ बैशाख १९ गते , शनिबार

क्रसर उद्योगी आन्दोलित, बालुवा र गिट्टी बिक्रीमा रोक

sajilo news
परिवेश मिडिया
२०८० असार १६ गते , शनिबार
क्रसर उद्योगी आन्दोलित, बालुवा र गिट्टी बिक्रीमा रोक

काठमाण्डौ । क्रसर उद्योगीले आजदेखि बालुवा र गिट्टीको बिक्री वितरणमा रोक लगाएका छन् । सरकारले लामो समयदेखि क्रसर उद्योग नवीकरण रोकेर अन्यायपूर्ण व्यवहार गरेको भन्दै व्यवसायीले आजदेखि सम्पूर्ण बिक्री रोकेका हुन् ।

नेपाल क्रसर तथा खानी उद्योग महासङ्घका अध्यक्ष सिताराम न्यौपानेले सरकारले आफूहरु विरुद्ध गरेको ज्यादतीको विरोधमा सम्पूर्ण बिक्री रोकेको जानकारी दिए । उनले भने, ‘पूर्व गृहमन्त्रीको निर्देशनमा २०७९ पुस २० गतेदेखि सम्पूर्ण क्रसर उद्योग बन्द गर्ने निर्णय भएको थियो ।

मन्त्रालयको उक्त निर्णयपछि व्यवसायीसँगको छलफलका क्रममा सोही वर्षको फागुन १५ गते बसेको बैठकले एउटा मापदण्ड बनाएर अघि बढ्ने सहमति बनेको थियो । तर, सोअनुसार सरकारले मापदण्ड बनाउन नसकेपछि आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको न्यौपानेको भनाई छ । सरकारले विभेदपूर्ण व्यवहार गर्दै २०७२ सालदेखि देशभरका क्रसर उद्योग नवीकरण गर्न समेत नपाएको व्यवसायीको गुनासो छ । अध्यक्ष न्यौपानेका अनुसार आफूहरूले राज्यलाई कर तिर्न नवीकरणको माग गर्दा समेत बेवास्ता भएको बताए ।

यसबाहेक, हाल नदीजन्य पदार्थ उत्खननको ठेक्कापट्टा लगाउने जिम्मेवारी पाएका स्थानीय तहले समेत बदमासी गरिरहेको उनको भनाई छ । स्थानीय तहले वैशाख महिनामा ठेक्का आह्वान गरेर जेठ मसान्तसम्ममा मात्रै नदीजन्य पदार्थ उत्खनन गर्न दिने गरेका छन् । स्थानीय तहले ठेक्कामा दिँदा एउटा नदीबाट बालुवा गिट्टी उत्खननका लागि कम्तीमा ५ करोडको ठेक्का लाग्छ । तर, एक महिनाको अवधिमा तोकिए जति बालुवा गिट्टी झिक्न कठिनाइ पर्ने र तोकिएको अवधिमा सम्झौताअनुसार बालुवा गिट्टी झिक्न धेरै ट्रक र मेसिनरी आवश्यक पर्छ । जसले क्रसर उद्योगीलाई बदनाम गराइरहेको समेत व्यवसायी बताउँछन् ।

सम्बन्धित समाचार