२०८३ बैशाख १९ गते , शनिबार
इदको अवसरमा आज सार्वजनिक विदा
बिर्तामोड । मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व इदको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गरी असार १४ गते बकर इद (ईद उल अजहा) पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्धारा जारी उक्त सूचनाका अनुसार नेपाल राजपत्रमा प्रकाशित गत चैत २ को सूचनाअनुसार इस्लाम धर्मावलम्बिको पर्व बकर इद (ईद उल अजहा) भएकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।