२०८३ बैशाख १९ गते , शनिबार

बजेट पास भएको प्रति एमाले अध्यक्ष ओलीको असन्तुष्टि

sajilo news
परिवेश मिडिया
२०८० असार १३ गते , बुधबार
बजेट पास भएको प्रति एमाले अध्यक्ष ओलीको असन्तुष्टि

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सरकारले मत विभाजनबाट बजेट पास गरेको प्रति असन्तुष्ट देखिएका छन् । प्रतिनिधिसभाले पहिलो पटक मत विभाजनमार्फत बजेट अनुमोदन गरेपछि उनले असन्तुष्टी स्वरुप सरकारमाथि संसदको विश्वास घटेको बताएका हुन् ।

प्रतिक्रिया व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दल नेता ओलीले ९९ प्रतिशत समर्थन रहेको सरकारको समर्थन घटेर ५३ प्रतिशत बनेको बताए ।

सरकारमाथिको विश्वासमा पहिले ९९.९९ प्रतिशत थियो । अहिले ५३ प्रतिशतमा घट्यो । के भन्दा के हुनुपर्‍यो ?’ ओलीले भने । प्रतिनिधिसभाको बैठकमा एमालेले विनियोजन विधयकमाथि मत विभाजन मागेपछि मतदान भएको थियो । पक्षमा १ सय ४७ र विपक्षीमा १ सय ८ मत परेको थियो । संसदले पहिलो पटक मत विभाजनमार्फत आर्थिक विनियोजन विधेयक पारित गरेको हो ।

बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले ध्वनीमतले पारित गर्न खोज्दा एमालेका सचेतक महेश बर्तौलाले मत विभाजन माग गरेका थिए । उनीको माग लगत्तै सभामुख घिमिरेले मत विभाजनको प्रक्रिया सुरु गरेका थिए । यसअघि नै सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीसहितका दलहरुले बजेट हुबहु पारित गर्न ह्वीप जारी गरेका थिए ।

सम्बन्धित समाचार