२०८३ बैशाख १९ गते , शनिबार

हात्तीको आक्रमणबाट एक बर्षमा सात जनाले गुमाए ज्यान

sajilo news
परिवेश मिडिया
२०८० असार १३ गते , बुधबार
हात्तीको आक्रमणबाट एक बर्षमा सात जनाले गुमाए ज्यान

बिर्तामोड । झापामा हात्तीको आक्रमणमा परी यो बर्ष सात जनाले ज्यान गुमाएका छन् । पछिल्लो पटक मंगलबार बिहान हल्दिबारीमा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएसँगै जिल्लामा हात्तीको आक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको  हो ।

हल्दिबारी२ स्थित देउनीया खोलाको पुल नजिकै रहेको महेन्द्र पोखरेलको चिया बगानमा च्याउ टिप्न गएका भद्रपुर७ का ५३ बर्षीय गिरेन कर्मकारको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको थियो ।

पछिल्लो १० बर्षमा ६ जना गैर नेपालीसहित ६० जना मानिस र १७ वटा हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।

सम्बन्धित समाचार