२०८३ बैशाख १९ गते , शनिबार

जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० असार १२ गते , मंगलबार
जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु

बिर्तामोड । झापाको हल्दिबारीमा जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ । मंगलबार विहान जंगली हात्तीले आक्रमण गर्दा भद्रपुर ७ का ५३ बर्षीय गिरेन कर्मकारको मृत्यु भएको हो ।

हल्दिबारी २ स्थित देउनीया खोलाको पुल नजिकै रहेको महेन्द्र पोखरेलको चिया बगानमा च्याउ टिप्न गएका कर्मकारलाई हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

सम्बन्धित समाचार