२०८३ बैशाख १९ गते , शनिबार

नागरिकताका लागि २१ सय बढीको आवेदन

sajilo news
परिवेश मिडिया
२०८० असार ११ गते , सोमबार
नागरिकताका लागि २१ सय बढीको आवेदन

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापामा नागरिकताका लागि दुई हजार एक सय भन्दा बढीको आवेदन परेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै जन्मसिद्ध बाबुको सन्तानले नागरिकता पाउने भएपछि आवेदन दिनेको संख्या बढेको हो ।

विधेयक प्रमाणीकरण भएपछि जिल्ला प्रशासन कार्यालय झापामा नागरिकता लिनेको भिड बढेको थियो । राष्ट्रपतिद्वारा प्रमाणीकरण भएको विधेयकको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन परेपछि नागरिकता वितरण रोकिएको थियो । असार ७ गते सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धि रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि पुनः नागरिकता लिने बाटो खुलेको थियो । नागरिकता पाउने भएपछि आवेदन दिनेको भिड बढेको हो । अगाडीको केहि आवेदन बाँकी थियो, आइतबार र सोमबारसमेत गरेर २१ सय भन्दा बढीको आवेदन परेको छ,’ जिल्ला प्रशासन कार्यालय झापाका सुचना अधिकारी विश्वराज नेपालले भने, ‘हामीले भीड थेग्न नसकेर टोकन दिइरहेका छौँ ।

आइतबार र सोमबार गरेर ६० वटाभन्दा बढी जन्मसिद्ध नागरिकता भएका बाबुका सन्तानले नागरिकता प्राप्त गरेको सहायक सिडिओसमेत रहेका नेपालले जानकारी दिए । 

 

सम्बन्धित समाचार