२०८३ बैशाख १९ गते , शनिबार

लागू औषध विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा प्रभातफेरी (फोटो फिचर)

sajilo news
परिवेश मिडिया
२०८० असार ११ गते , सोमबार
लागू औषध विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा प्रभातफेरी (फोटो फिचर)

बिर्तामोड । लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा झापाको बिर्तामोडमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय अनारमनी झापाको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।

नबोकौँ अपराधीको झोला, तपाईलाई हुनसक्छ धोका, से यस टु लाइफ नो टु ड्रग्स, लागू औषधको खेती र कारोबार भताभुङ्ग परिवार र बास हुन्छ कारागार, लागू पदार्थको नशा जीवनको दुर्दशाआदि लेखिएको प्ले कार्ड बोकेका सहभागीहरुले बिर्तामोडको मुक्तिचोकबाट सिटी सेन्टर पुगेर पश्चिम बसपार्क बाट पुनः मुक्तिचोकसम्म प्रदर्शन गरेका थिए ।

प्रभातफेरीमा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, बिर्ता लेडी जेसिजकी अध्यक्ष संगिता गिरी लगायत पदाधिकारी र सदस्यहरु, स्थानीय स्काउट कार्यालय बिर्तामोडका सदस्य तथा विद्यार्थीहरु, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोड ४ का अध्यक्ष उत्तम खनाल, बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकी, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, इप्रका बिर्तामोडका प्रमुख डीएसपी सुरज कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रविन जोशी, सहायक निरीक्षक जीवन कार्की लगायत विभिन्न विद्यालयका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रभातफेरी पश्चात मुक्ति चोकमा भएको सभामा नगर प्रमुख प्रसाई र उपप्रमुख संग्रौलाले मन्तव्य राखेका थिए । लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस हरेक बर्षको जुन २६ तारिखका दिन मनाउने गरिन्छ ।

तस्बिर हेर्नुहोस

सम्बन्धित समाचार