२०८३ बैशाख १९ गते , शनिबार

गौरादहमा मण्डपबाटै बेहुला पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० असार ७ गते , विहीबार
गौरादहमा मण्डपबाटै बेहुला पक्राउ

गौरादह । जेठी श्रीमती हुँदा हुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गौरादह प्रहरीले इटहरी१९ सुनसरीका साजन चौधरीलाई आज (बिहीबार) विवाह मण्डपबाटै पक्राउ गरेको हो ।

गौरादह२ झापाकी एक युवतीसँग विवाह गरि अन्माउने बेलामा प्रहरी पुगेको थियो । जेठी श्रीमतीको उजुरीको आधारमा चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बेहुला पक्राउ परेपछि भने जन्तीको बिचल्ली भएको थियो । पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार