२०८३ बैशाख १९ गते , शनिबार

ट्याक्टर दुर्घटनामा मृत्यु हुने बिर्तामोडका उमेश दर्जी

sajilo news
परिवेश मिडिया
२०८० असार ७ गते , विहीबार
ट्याक्टर दुर्घटनामा मृत्यु हुने बिर्तामोडका उमेश दर्जी

बिर्तामोड । इलामको देउमाइ नगरपालिकामा हिजो ट्याक्टर दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । मृतक बिर्तामोड नगरपालिका वडा नम्बर ६ का २४ बर्षीय उमेश दर्जी रहेको प्रहरीले जनाएको छ ।

वुधबार साँझ ५ बजे इलामबाट राँकेतर्फ जाँदै गरेको मे१त २५२३ नम्बरको ट्याक्टर देउमाई खोपमा सडकबाट १५ मिटर तल खसेको थियो । ट्याक्टर भिरमा खस्दा दर्जीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ । दर्जीसँगै ट्याक्टरमा सवार फिदिम, पाँचथरका २५ बर्षीय कर्णबहादुर मुखिया सामान्य घाइते भएका थिए ।

ट्याक्टरको चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  

सम्बन्धित समाचार