२०८३ बैशाख १९ गते , शनिबार
देउमाईमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
बिर्तामोड । इलामको देउमाईमा भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । इलामबाट राँकेतर्फ जाँदै गरेको ट्याक्टर देउमाई नगरपालिका-१ देउमाई खोपमा दुर्घटना भएको थियो ।
बुधबार ५ बजे मे१त २५२३ नम्बरको ट्याक्टर सडकबाट १५ मिटर तल खस्दा एक जना पुरुषको मृत्यु भएको र मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ । दुर्घटनामा परि फिदिम नगरपालिका-८ पाँचथरका २५ बर्षीय कर्णबहादुर मुखियाको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।