२०८३ बैशाख १९ गते , शनिबार

किर्ते नागरिकता प्रकरणमा वडाध्यक्ष कार्कीलाई ६ महिना कैद

sajilo news
परिवेश मिडिया
२०८० असार ६ गते , बुधबार
किर्ते नागरिकता प्रकरणमा वडाध्यक्ष कार्कीलाई ६ महिना कैद

झापा । बिर्तामोड नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्कीको किर्ते नागरिकता प्रकरणमा जिल्ला अदालत झापाले गरेको सजाय उच्च अदालतले सदर गरेको छ । जिल्ला अदालत झापाले गरेको फैसलालाई उच्च अदालत बिराटनगरको इलाम इजलासले जेठ २४ गते सदर गरेको हो ।
कार्कीसहितलाई विदेशी नागरिकलाई नागरिकता दिएको आरोपमा जिल्ला अदालत झापाले ६ महिना कैद सजायको फैसला गरेको थियो । न्यायाधीशद्वय लाेहित चन्द्र शाह र गीताप्रसाद तिम्सिनाको संयुक्त ईजलासले जिल्ला अदालत झापाको फैसला सदर गरेको उच्च अदालत स्रोतले जानकारी दिएको छ ।
विभिन्न मितिमा झुट्टा विवरण र किर्ते प्रमाणका आधारमा १६ जना विदेशीलाई नेपाली नागरिकताको प्रमाणपत्र दिएको आधारमा प्रहरीले कार्कीसहित ४६ जनामाथि अनुसन्धान गरेको थियो । 

सम्बन्धित समाचार