२०८३ बैशाख १९ गते , शनिबार

आजपनि कोशी प्रदेशमा भारी बर्षाको सम्भावना

sajilo news
परिवेश मिडिया
२०८० असार ३ गते , आईतबार
आजपनि कोशी प्रदेशमा भारी बर्षाको सम्भावना

बिर्तामोड । कोशी प्रदेशका एकदुई स्थानमा आजपनि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशीसँगै गण्डकी प्रदेशका एकदुई स्थान बाहेक अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाका मौसमविद रोजन लामिछानेका अनुसार गत २४ घण्टामा कोशी प्रदेशको ताप्लेजुङमा भारी वर्षा भएको छ । गत चौबीस घण्टामा ताप्लेजुङको दोभान स्टेसनमा ५५.२ मिलिमिटर र ताप्लेजुङ स्टेसनमा ५१ मिलिमिटर वर्षा मापन भएको छ, यो भनेको भारी वर्षा हो,’ मौसमविद लामिछानेले भने, ‘आज पनि कोशी प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।अन्त भारी वर्षाको सम्भावना नभए पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।

जुन १४ तारिखमा नेपाल भित्रिएको मनसुन अहिले कोशी प्रदेशमा बढी सक्रिय छ । त्यसैले त्यहाँको वर्षा, बाढी र पहिरोले मानवीय क्षतिसमेत पुर्याएको छ । ताप्लेजुङको सिदिङ्वा६ मेहेलेमा एकै परिवारका तीनसहित चार जना र पाँचथरमा पाँच जना पहिरोमा परी बेपत्ता भएका छन् । सडक, पुल लगायतका संरचनामा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी राजन लिम्बुका अनुसार ताप्लेजुङको आकाश बादलले आज बिहान पनि पूरै ढाकेको छ । बादलले डम्मै ढाकेको छ, फेरि पनि ठूलो पानी पर्छकी जस्तो देखिन्छ,,’ उनले भने ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षा भएको थियो । मौसमविद सन्जिब अधिकारीका अनुसार पाँचथरको फिदिममा गत १२ घण्टामा ४१.८ मिलिमिटर र तेह्रथुममा ३१.४ मिलिमिटर वर्षा भएको रेकर्ड छ । पाँचथरमा पनि पाँच जना बेपत्ता छन् भने केही घर बगेका छन् ।

सम्बन्धित समाचार