इलाम झापा मैत्री समाज भद्रपुर नगर समिति गठन
चन्द्रगढी । इलाम झापा मैत्री समाज भद्रपुर नगर समिति गठन गरिएको छ । शनिबार नारायण खतिवडाको अध्यक्षतामा नगर समिति गठन गरिएको हो ।
मैत्री समाजको संगठन निर्माण अभियान अन्तर्गत चन्द्रगढीमा आयोजित एक कार्यक्रमका बिच समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा विपला चापागाई, सचिव चन्द्र सुवेदी, सहसचिव शर्मिला अधिकारी, कोषाध्यक्ष विनोद राई रहेका छन् । सदस्यहरुमा कुमारी फुयाल, तारा भट्टराई, मति श्रेष्ठ, सरस्वती श्रेष्ठ, चन्द्रमा खनाल र देवि भट्टराई रहेका छन् ।

जिल्ला सदस्य तुलसा खतिवडाले स्वागत मन्तव्य राखेको कार्यक्रमको औचित्य महासचिव दिनेश भट्टराईले प्रकाश पारेका थिए ।
नयाँ समितिका पदाधिकारी तथा सदस्यहरुलाई जिल्ला अध्यक्ष तिलोत्तमा खत्रीले बधाई तथा शुभकामना दिएकी थिइन् । कार्यक्रममा जिल्ला समिति सचिव सागर रिजाल, कोषाध्यक्ष सिता मगर न्यौपाने, लोकबहादुर चापागाई, नेत्रबहादुर कार्की, रेश बहादुर बस्नेत, बिर्तामोड नगर सहसचिव शिव खनाललगायत उपस्थित थिए ।