२०८३ बैशाख १९ गते , शनिबार

कृषक समुहलाई कृषि औजार हस्तान्तरण

sajilo news
परिवेश मिडिया
२०८० असार २ गते , शनिबार
कृषक समुहलाई कृषि औजार हस्तान्तरण

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कृषक समुहहरुलाई मकै छोडाउने मेशिन हस्तान्तरण गरेको छ । शुक्रवार एक कार्यक्रमका बीच नगरको कृषि विकास शाखाले उक्त मेशिन हस्तान्तरण गरेको हो ।

नगरका ३२ वटा कृषक समुहहरुलाई ७० प्रतिशत लागत अनुदानमा मेशिन हस्तान्तरण गरिएको नगरका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए

मेशिन हस्तान्तरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले कृषकहरुलाई कृषि उत्पादनलाई बढाएर व्यवसायिक बन्न आग्रह गरे । अर्गानिक तरकारी उत्पादनमा जोड दिँदै उनले नगरपालिकाले कृषि क्षेत्रमा गरेको लगानीको प्रतिफल सोचे अनुसारको नभएको गुनासो गरे ।

यहाँ पर्याप्त मात्रामा तरकारी उत्पादन नहुँदा भारतबाट आएको विषादीयुक्त तरकारी खान बाध्य हुनु परेको भन्दै नगर उपप्रमुख संग्रौलाले हस्तक्षेपकारी ढंगले उत्पादन बढाउनु पर्ने बताए । उनले कृषिथोक बजारमा रहेको विषादी मापन केन्द्रमा भारतबाट आएको सबै तरकारीको जाँच भईरहेको जानकारीसमेत दिए ।

सम्बन्धित समाचार