२०८३ बैशाख १९ गते , शनिबार
बिर्तामोडले नक्सामा नदेखाइ सडकतर्फ बनाएका संरचना हटाउने
बिर्तामोड । बिर्तामोड नगरपालिकाले नक्सामा नदेखाई निर्माण गरिएका संरचना हटाउने भएको छ । नक्सा पासपछि विस्तार गरिएका संरचना हटाउन भन्दै पालिकाले सूचना जारी गरेको हो ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै नगरपालिकाबाट इजाजत लिई नक्सा पास गरेर बनाइएका सरकारी, अर्धसरकारी, संस्थान तथा निजी घर÷भवनहरु निर्माण गर्दा नक्सामा नदेखाइएका तर नक्सा पास पछि व्यापारिक एवम् विभिन्न प्रयोजनले सडकतर्फको भागमा थप गरिएका संरचनाहरु जस्तै सिँढी, बरण्डा, पर्खालआदि ३५ दिन भित्र हटाउन भनेको छ । हेर्नुहोस सूचना
