२०८३ बैशाख १९ गते , शनिबार

सात हप्ताका लागि प्रधानन्यायाधीश बन्दै कार्की, सपथ आजै

sajilo news
परिवेश मिडिया
२०८० असार १ गते , शुक्रबार
सात हप्ताका लागि प्रधानन्यायाधीश बन्दै कार्की, सपथ आजै

काठमाण्डौ । संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नाम अनुमोदन गरेसँगै राष्ट्रपति कार्यालयले नियुक्ति र सपथको तयारी थालेको छ ।
शपथ आजै अपराह्न सवा ५ बजे शपथको तयारी गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि शुक्रबार नै कार्कीको नाम अनुमोदन गरेको थियो ।
आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।

सम्बन्धित समाचार