२०८३ बैशाख १९ गते , शनिबार

प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराई विरुद्धको रिटमा कारण देखाऊ आदेश

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ ३१ गते , बुधबार
प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराई विरुद्धको रिटमा कारण देखाऊ आदेश

काठमाण्डौ । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) तथा नेता बाबुराम भट्टराई लगायतको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले उक्त रिटमा विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकार दिने आदेश गरेको हो ।

पूर्वबाल सैनिक लेनिन बिष्टसहित ९ जनाले रिट निवेदन दर्ता गरेका थिए । निवेदकहरूले हाल प्रधानमन्त्रीसमेत रहेका दाहाल र माओवादी छाडेका भट्टराईले आफूहरुलाई अनाहकमा युद्धमा लगाएको दाबी गर्दै रिटमा कारबाहीको माग गरेका थिए ।

उनीहरुले अनमिनको वर्गिकरणका क्रममा आफूहरुलाई अयोग्य घोषित गरेर शोषण गरेको दाबीसमेत गरेका छन् । रिटमा आफूहरुलाई परिपुरण, क्षतिपूर्ति र न्याय दिलाई भराई पाउन विपक्षीहरुका नाममा परमादेश जारी गर्न समेत माग गरेका थिए ।

 

सम्बन्धित समाचार