२०८३ बैशाख १९ गते , शनिबार

पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ ३० गते , मंगलबार
पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु

बाँके । बाँकेको खजुरा गाउँपालिकास्थित मानखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक सुजनविक्रम शाहले खजुरा गाउँपालिका६ की १७ वर्षीया लक्ष्मी डाँगी र उक्त गाउँपालिकाका सात वर्षीय किरण नेपालीको मृत्यु भएको जानकारी दिए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुवै जनाको पौडी खेल्ने क्रममा मृत्यु भएको थियो ।

सम्बन्धित समाचार