२०८३ बैशाख १९ गते , शनिबार

बेसहारा बालबालिकाको भरणपोषणको जिम्मा लिन कांग्रेस नेता थापा इच्छुक

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ २८ गते , आईतबार
बेसहारा बालबालिकाको भरणपोषणको जिम्मा लिन कांग्रेस नेता थापा इच्छुक

बिर्तामोड । नेपाली कांग्रेसका कोशी प्रदेश सभापति उद्दव थापाले बिर्तामोड४ मा रहेका बेसहारा बालबालिकाको भरणपोषणको जिम्मा लिन इच्छा जाहेर गरेका छन् । बिर्तामोड४ स्थित सूर्योदय टोलमा आमाको मृत्युपश्चात बेसहारा बनेका निर्भिका दाहालसहितका तीन जनाको भरणपोषणको जिम्मा लिन थापाले इच्छा जाहेर गरेका हुन् ।

थापाले आइतबार आफ्नो सामाजिक सञ्जालमार्फत अभिभावकविहिन बनेका ती बालबालिकाको भरणपोषण, शिक्षादिक्षा र भविष्ण निर्माणका लागि आफु इच्छुक रहेको जनाएका हुन् । धर्म कमाउनु भन्दा पुण्य कमाउनु मानव जिवनको महानता हो,’ थापाले लेखेका छन् । बालबालिकाको बारेमा आफुले थाहा पाउँदा आँखा रसाएको र मन बेचैन भएको थापाले जनाएका छन् । ती बालबालिकाको भरणपोषणको जिम्मा लिने अठोट गरेर मन शान्त पारेको उनले लेखेका छन् । 

युवा नेता थापाले कुनै संघसंस्था वा राज्यको सहारा बिना व्यक्तिगत रुपमा ती बालबालिकाको अभिभावकत्व ग्रहण गर्न चाहेका हुन् ।

केहि महिनाअघि आमाको मृत्यु भएपश्चात ११ बर्षीया जेठी छोरी, ८ बर्षीया कान्छी छोरी र बोल्न नसक्ने ६ बर्षको छोरा अभिभावकविहीन बनेका हुन् । उनीहरुको आमाको दमको रोगका कारण मृत्यु भएको थियो । आफ्नो बुवा कहाँ छन् भन्ने उनीहरुलाई थाहा छैन । छिमेकीहरुका अनुसार उनीहरुको बुवा कुलतमा फसेका कारण सुधारकेन्द्रमा छन् ।

आफ्ना आफन्तहरु भएपनि आफुहरुलाई हेर्न कोहि नआउने र भारतबाट कपडा ल्याएर बेचेको पैसा र छिमेकीले दिएको खानेकुराले घर चलाउने गरेको उनीहरु बताउँछन् ।  

सम्बन्धित समाचार