२०८३ बैशाख १९ गते , शनिबार

उच्श्रृंखल गतिविधी गर्ने एमाले कार्यकर्तालाई माओवादी केन्द्रको चेतावनी

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ २८ गते , आईतबार
उच्श्रृंखल गतिविधी गर्ने एमाले कार्यकर्तालाई माओवादी केन्द्रको चेतावनी

बिर्तामोड । झापा बुद्धशान्ति२ को वडा कार्यालयको भवन चर्किएको बिषयमा कार्यालयले बोलाएको सर्वदलीय बैठकमा भवन निर्माण समितिका सचिवसमेत रहेका वडा सदस्यलगायतले गरेको उच्श्रृंखल गतिविधीप्रति नेकपा माओवादी (केन्द्र) झापाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

माओवादी केन्द्रले विज्ञप्ति प्रकाशित गरी वडा कार्यालयको छत र कोठाको वाल चर्किएको बिषयमा वडा कार्यालयले आह्वान गरेको सर्वदलीय बैठकमा छलफल गर्ने क्रममा सो समूहले माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य अर्जुन पाण्डे लगायतलाई दुर्व्यवहार तथा आक्रमण प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । पाण्डेलगायत लाई जेठ २४ गते बसेको सर्वदलीय बैठकको समयमा अमिरकुमार श्रेष्ठको समूहले आक्रमण प्रयास गरेको नेकपा माओवादी केन्द्र झापाका संयोजक राजु आचार्य अग्नीले जानकारी दिए । 

सार्वजनिक सम्पतिमाथि भएको अनियमितता र लापरवाहीप्रति चासो र चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउने क्रममा निज व्यक्तिहरुले गरेको उच्श्रृंखल तथा अराजक गतिविधिको हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ,‘आइन्दा यस्तो उच्श्रृंखल हर्कत नदोहोर्याउन सम्बन्धित व्यक्तिहरुलाई यसै विज्ञप्तिमार्फत चेतावनी दिन चाहन्छौँ ।

केन्द्रले घटनाको सत्य तथ्य छानविन गरि तत्काल दोषीमाथि कडा कारबाही गर्नसमेत सम्बन्धित निकायलाई अपिल गरेको छ ।  

सम्बन्धित समाचार