२०८३ बैशाख १९ गते , शनिबार

सुनकोशी नदीमा बेपत्ता सीटीइभीटीका निर्देशक भुर्तेलको शव ८ दिनपछि फेला

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ २८ गते , आईतबार
सुनकोशी नदीमा बेपत्ता सीटीइभीटीका निर्देशक भुर्तेलको शव ८ दिनपछि फेला

बिर्तामोड । सुनकोशी नदीमा गत शुक्रबार जिप दुर्घटना हुँदा बेपत्ता भएका सीटीईभीटीका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेलको शव ८ दिनपछि भेटिएको छ । भुर्तेलको शव शनिबार उदयपुरको ताप्ले गाउँपालिका५ निवुवाटारस्थित सुनकोशी नदी किनारमा फेला परेको हो ।

शनिबार भुर्तेलको शव उदयपुरको कटारी अस्पतालमा पोस्टमार्टमपछि सनाखत गरी परिवारलाई बुझाइएको छ । सँगै यात्रामा रहेका सीटीईभीटीका प्रशासन शाखा निर्देशक कृष्ण केसी र विद्युत प्रशिक्षक भानु पौडेलको शव यसअघि नै सशस्त्र प्रहरीको गोताखोर टोलीले घटनास्थलबाट एक सय ५० मिटर तल जिपसँगै फेला पारेको थियो ।

८ दिनअघि अघिल्लो शुक्रबार भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बी एबी ७४६७ नम्बरको जिप मध्य पहाडी लोकमार्गको खुर्कोटघुर्मी खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका ७ को लौकुनमा दुर्घटना हुँदा सीटीईभीटीका तीन अधिकारीहरूको मृत्यु भएको हो । जिपका चालक कृष्ण चौधरी भने दुर्घटनाकै क्रममा नदीमा पौडिएर बाँच्न सफल भएका थिए ।

दुर्घटनापछि जिप र यात्रु बेपत्ता हुँदा सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद व्यवस्थान टोलीले सुनकोशी नदीमा पाँच दिनपछि जिप र दुई यात्रुको शव फेला पारेको थियो ।

सम्बन्धित समाचार