२०८३ बैशाख १९ गते , शनिबार

झापाको अनारमनीमा सबैभन्दा बढी वर्षा

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ २६ गते , शुक्रबार
झापाको अनारमनीमा सबैभन्दा बढी वर्षा

बिर्तामोड । गएको २४ घण्टामा पहाडका केही क्षेत्रहरुमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा ४० वटा केन्द्रहरुमा वर्षा मापन भएको छ ।

तीमध्ये सबैभन्दा बढी ६३.२ मिलिमिटर वर्षा झापाको अनारमनी विर्ता केन्द्रमा भएको छ । शुक्रबार बिहान २ बजे आएको मेघगर्जन सहितको भारी बर्षातका कारण मानिसलाई धेरै राहत मिलेको छ । विभागले मानव सञ्चालित ७६ र स्वचालित १९६ केन्द्रहरुमा वर्षा मापन गर्दछ ।

तीमध्ये ७ वटा केन्द्रहरुमा १० मिलिमिटरभन्दा बढी, ४ वटा केन्द्रहरुमा २५ मिलिमिटर भन्दा बढी र एउटा केन्द्रमा ५० मिलिमिटर भन्दा बढी वर्षा मापन भएको विभागले जनाएको छ ।

सम्बन्धित समाचार