२०८३ बैशाख १९ गते , शनिबार

कोरियामा भद्रपुरका युवकको निधन

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ २६ गते , शुक्रबार
कोरियामा भद्रपुरका युवकको निधन

बिर्तामोड । झापाको भद्रपुरका एक युवकको  दक्षिण कोरियामा निधन भएको छ । २८ बर्षीय आनन राई सुतेकै अवस्थामा मृत फेला परेको अन्तर्राष्ट्रिय झापाली  समाजका  क्षेत्रीय सह संयोजक मुकेश खनालले जानकारी दिएका छन ।
एक बर्ष अगाडी रोजगारीको शिलसिलामा कोरिया पुगेका राई बिहान मृत फेला परेको खनालले जानकारी दिए । घटना बारे नेपाल राजदुतावास, एनआरएनए दक्षिण कोरिया, झापाली समाज र सम्बन्धित परिवारलाई जानकारी दिइसकिएको छ ।
कोरियाको छुङ्छङनाम्दो होङ्सनगुन को एक बंगुर फार्ममा कार्यरत रहेको उनले बताए । 

सम्बन्धित समाचार