२०८३ बैशाख १९ गते , शनिबार

झापा गाउँपालिकाका विपद समितिलाई तालिम

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ २६ गते , शुक्रबार
झापा गाउँपालिकाका विपद समितिलाई तालिम

विर्तामोड । झापाको विर्तामोडमा लैंगिक तथा अपाङ्गता समावेशी विपद व्यवस्थापन, सुरक्षित आवास तथा जलवायु उत्थानशिल योजनासम्बन्धी तालिम सुरु भएको छ ।

ह्याविट्याट फर ह्युमनिटीको आर्थिक सहयोग र सहारा नेपालको सहजीकरणमा सुरु भएको तालिम झापा गाउँपालिका स्तरीय विपद समितिलाई दिइएको हो । सहारा नेपालका अध्यक्ष भरतकुमार गिरीको अध्यक्षता र झापा गाउँपालिका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्यमा कार्यक्रम शुरु भएको थियो ।

उद्घाटनसत्र पछि कार्यक्रमको दोस्रो सत्र सुरु गर्दै प्रशिक्षक केशवदत्त भटट्टले प्रशिक्षार्थीहरुलाई विपद सम्बन्धी कुराहरुका बारेमा प्रशिक्षण दिएका थिए । प्रशिक्षकले विपद अगाडी गर्नु पर्ने रोकथाम, न्यूनीकरण साथै विपद पछाडी गरिने खोज, उद्दार, पुनस्र्थापना लगायतका बारेमा जानकारी गराएका थिए ।

बिहीबारदेखि सुरु भएको तालिम शनिवार सम्पन्न हुनेछ ।

सम्बन्धित समाचार