२०८३ बैशाख १९ गते , शनिबार

नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयद्वारा सरसफाई

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ २२ गते , सोमबार
नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयद्वारा सरसफाई

बिर्तामोड । नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालयले बिर्तामोडको चारपाने चोकमा सरसफाई कार्यक्रम आयोजना गरेको छ । विश्व वातावरण दिवसको अवसरमा शिक्षालयले कार्यक्रम आयोजना गरेको हो ।

विद्यार्थीहरुले सलुसन टु प्लाष्टिक पलुसन, वातावरण जोगाउ र आफु बाचौँ, वातावरण जोगाउने हाम्रो दायित्वजस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

र्यालीमा वन विज्ञान, बाली विज्ञान, पशु विज्ञान र होटल म्यानेजमेन्ट अध्ययनरत शिक्षालयका विद्यार्थीहरुको सहभागिता रहेको कलेजका सहायक प्रधानाध्यापक विष्णुप्रसाद चुडालले जानकारी दिए ।

विभिन्न नारा लेखिएको प्ले कार्ड सहित कलेजबाट निस्किएको विद्यार्थीको र्यालीले चारपाने चोकमा गएर सरसफाई गरेको थियो । सरसफाई पश्चात संक्षिप्त कोणसभा गरी कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा शिक्षालय व्यवस्थापन समितिका अध्यक्ष ज्योतिसिं दर्लामीले वातावरण प्रदुषण रहित बनाउन घरको भान्सादेखि नै फोहोर उत्सर्जन कम गर्नुपर्ने बताए । प्लाष्टिक वातावरणका लागि दीर्घकालिन समस्याको रुपमा रहेकाले प्लाष्टिकको विकल्प खोजिनुपर्ने उनको भनाई थियो ।

जुन ५ का दिन विश्व वातावरण दिवस मनाउने गरिन्छ । यस बर्षको वातावरण दिवसको नारा बिट प्लाष्टिक पलुसनरहेको छ ।

कार्यक्रममा शिक्षालय व्यवस्थापन समितिका सचिव जयप्रसाद भट्टराई, कोषाध्यक्ष प्रकाश भट्टराई, नेकपा माओवादी केन्द्र बिर्तामोड नगर उपाध्यक्ष कमलप्रसाद कडरिया, शिक्षालयका शिक्षकहरुको उपस्थिती रहेको थियो । 

  

सम्बन्धित समाचार