२०८३ बैशाख १९ गते , शनिबार

बजेटमाथि छलफल गर्न आज प्रतिनिधिसभाको बैठक बस्ने

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ २१ गते , आईतबार
बजेटमाथि छलफल गर्न आज प्रतिनिधिसभाको बैठक बस्ने

बिर्तामोड । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने भएको छ ।

बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले वक्तव्यसहित आर्थिक वर्ष २०८००८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

यस्तै, बैठकमा विभिन्न शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार