२०८३ बैशाख १९ गते , शनिबार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ १९ गते , शुक्रबार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुधबारे । शुक्रबार झापाको बुद्धशान्ति गाउँपालिका३ स्थित सयपत्री चोकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीकोे ज्यान गएको छ । उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्रदेश १०१०१४ प १७६४ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ६५ बर्षीय बलबहादुर बस्नेतको मृत्यु भएको हो ।

बाटो काट्ने क्रममा दिनको साढे १ बजे बस्नेतलाई मोटरसाइकलले ठक्कर दिंदा उनको टाउको र अनुहारमा चोट लागेको थियो । दुर्घटनाबाट गम्भीर भएका उनको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा दुई बजेर २० मिनेटमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोटरसाइकल र चालक गौरादह ४ का ३० बर्षीय संदेश तुम्बापोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार