२०८३ बैशाख १९ गते , शनिबार
बिर्तामोड खानेपानी अध्यक्षमा बास्तोलाको जित सुनिश्चित
बिर्तामोड । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा मेघराज बास्तोलाको जित सुनिश्चित भएको छ ।
हालसम्म ३१२४ मत गणना हुँदा बास्तोलाले १९०३ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा ३७६४ मत खसेको थियो । बास्तोलाका प्रतिस्पर्धी देवेन्द्र सिटौलाले हालसम्म ६८७ मत मात्र प्राप्त गरेका छन् । गणना हुन बाँकी सबै मत सिटौलालाई आए पनि जित पर्याप्त हुने छैन ।
त्यस्तै, बास्तोला प्यानलका सबै उम्मेदवारको जित निश्चित देखिएको छ । अब ६१० मत गन्न बाँकी छ ।