बिर्तामोड खानेपानीमा बास्तोलाको प्यानल अगाडी
बिर्तामोड । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आठौँ कार्यकालका लागि भएको निर्वाचनको मतगणना जारी छ । आज बिहान ६ बजेसम्मको गणना अनुसार मेघराज बास्तोलाले नेतृत्व गरेको लोकतान्त्रिक राष्ट्रवादी समूहका सबैजनाको अग्रता कामयै छ ।
सो समूहका अध्यक्ष पदका उम्मेदवार बास्तोलाले ८८९, उपाध्यक्ष शैलेन्द्र सिटौलाले ७०७, सचिव पारस मैनालीले ८२७ र कोषाध्यक्ष शारदा रिजालले ५२९ मत ल्याएका छन् ।
त्यस्तै, खुला सदस्य आनन्द गुरुङले ६३९, खगेन्द्रकुमार थापाले ५७६, महिला सदस्य बालादेवी खरेलले ६५२, मायादेवी प्रधान श्रेष्ठले ६८३ र कमला अग्रवालले ६५९ मत ल्याएका छन् ।
लोकतान्त्रिक राष्ट्रवादीलाई पछ्याइरहेको स्वतन्त्र प्रगतिशील प्यानलबाट अध्यक्ष पदका देवेन्द्र सिटौलाले ३२७, उपाध्यक्ष पदका प्रदिप खरेलले ४४८, सचिव पदका विष्णुप्रसाद चुडालले ३०६, कोषाध्यक्ष पदका उम्मेदवार विनिताकुमारी राजवंशीले २३६ र स्वतन्त्र उम्मेदवार केशव श्रेष्ठले ३३८ मत ल्याएका छन् ।
खुला सदस्य छत्रबहादुर श्रेष्ठले ३३२ र सुनिल शिवाकोटीले २८१, महिला सदस्यमा तारादेवी राईले ३७९, पुनम अधिकारी लिम्बूले ३७१ र खगमाया सिलवाल सीमाले ३५१ मत ल्याएका छन् ।
त्यस्तै, खुला सदस्य पदमा बलराम सिटौला (राम) ले २०८ मत ल्याएका छन् ।
संस्थाका आठ हजार ७५६ जना मतदाता रहेकोमा सोमबार भएको निर्वाचनमा तीन हजार ७६४ अर्थात ४२ दशमलव ९८ प्रतिशत मत खसेको थियो ।
चार बर्से कार्यकालका लागि हुने चुनावमा अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र पाँचजना सदस्य निर्वाचित हुने प्रावधान छ ।