२०८१ श्रावण ६ गते , आईतबार

एक सय १० स्थानीय तहका २५ हजार जनालाई भूमिपुर्जा बाँड्ने घोषणा

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ १५ गते , सोमबार
एक सय १० स्थानीय तहका २५ हजार जनालाई भूमिपुर्जा बाँड्ने घोषणा

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा १ सय १० स्थानीय तहका २५ हजार जनालाई भूमिपुर्जा बाँड्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷०८१को बजेट वक्तव्य प्रस्तुत गर्दै भूमिहीन, दलित भूमिहीन अव्यवस्थित बसोबासीको अध्ययन गरेर पुर्जा वितरण गर्ने बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षमा गाउँ ब्लकको जग्गा नापजाँच गरिने बताए । अर्थमन्त्री महतले मालपोत र नापी सम्बन्धी आधारभुत सेवा स्थानीय तहबाट प्रदान हुने घोषणा गरेका छन् ।

सम्बन्धित समाचार