२०८३ बैशाख १९ गते , शनिबार

गणतन्त्र दिवसको अवसरमा झापामा रक्तदान

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ १५ गते , सोमबार
गणतन्त्र दिवसको अवसरमा झापामा रक्तदान

बिर्तामोड । सोह्रौँ गणतन्त्र दिवसको अवसरमा झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल झापा र अनेरास्ववियू (क्रान्तिकारी) झापाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको हो ।
रगतको बढ्दो मागलाई सम्बोधन गर्न विशेष अवसर पारेर रक्तदान आयोजना गरिएको हो ।
नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य मोहन काजी न्यौपानेले रक्तदान गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा नारी संचार गृह झापाकी पूर्व अध्यक्ष अम्बिका भण्डारी, प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठक, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ज्योतिसिंह दर्लामी, प्रदेश सदस्य अरुण श्रेष्ठ, शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराई, बिर्तामोड नगर अध्यक्ष मोहन सुब्बा, उपाध्यक्षद्वय कमल कडरिया, छायाँ सिग्देल, सचिव गणेश कालिकोटे, अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य अनिल सुवेदी, प्रदेश उपाध्यक्ष मनिषा आचार्य, जिल्ला अध्यक्ष रन्जन धमला, उपाध्यक्ष नवीन सिटौलालगायत उपस्थित थिए ।
कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाले गरेको प्राविधिक पवन थापाले बताए । 

सम्बन्धित समाचार