२०८३ बैशाख १९ गते , शनिबार

अध्यक्ष पदका उम्मेदवार बास्तोलाको खानेपानी यात्रा

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ १४ गते , आईतबार
अध्यक्ष पदका उम्मेदवार बास्तोलाको खानेपानी यात्रा

बिर्तामोड । अर्जुनधाराका नगरपालिकाको तल्लो बेल्टसहित सिङ्गो बिर्तामोडबासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन अहोरात्र खटिने मध्येका एक हुन्मेघराज बास्तोला ।

बिर्तामोड ५ निवासी बास्तोलाले दुई कार्यकाल बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा सचिबको भूमिकामा रहेर प्रवाह गरेको सेवाका कारण  उनको लोकप्रियता दिनानुदिन चुलिँदो छ ।

बिर्तामोड क्षेत्रमा खानेपानीका विषयमा कुनै समस्या देखिँदा त्यसलाई तत्काल हल गर्नु पर्छ भन्ने मान्यता स्थापित गर्दै आम नागरिकलाई सहज र सरल रुपमा खानेपानी पु¥याउने गहन जिम्वेवारी निर्वाह गरेकै कारण उनको चर्चा चुलिएको हो ।

आगामी जेठ १५ गते हुने बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्बाचनमा उनको उम्मेदवारी परेदेखि नै उनलाई शुभकामना र शुभेच्छा थाप्न भ्याई नभ्याई छ । आम मतदाताले रुचाएका उम्मेदवार भएका कारण उनको चर्चा चुलिएको हो । अधिकांशले खानेपानीमा यस पटक पनि अब्बल नेतृत्व आउने भन्दै बास्तोलाप्रति शुभेच्छा प्रकट गरिरहेका छन् ।

२०६६ सालमा बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सदस्य बनेका उनी त्यस लगत्तै भएको निर्वाचनमा कार्य समिति सदस्य बने । एक कार्यकाल कार्यसमिति सदस्य बनेका उनले  संस्थाको हितमा पु¥याएको योगदानका कारण दोस्रो कार्यकालमा उनी सचिव बन्न भ्याए । उनले एक कार्यकाल मात्र होइन उनले दुई÷दुई पटक सचिवको भूमिका निर्वाह गर्न भ्याए । दुई पटक सचिव पद दोहो¥याउँदा  समेत उनी माथि कसैले कुनै विषयमा टिका टिप्पणी गर्न पाएनन् । निःस्वार्थ भाव बोकेका उनी अझ खानेपानीलाई उचाइमा पु¥याउने सोच सहित अध्यक्षका लागि चुनावी मैदानमा छन् ।

लोडसेडिङको चरम मार खेपिरहेका बेला पनि २४ सैं घण्टा शुद्ध खानेपानी वितरण गर्न सक्नु पर्छ भन्दै दृढ अठोट लिएका बास्तोलालाई आम उपभोक्ताले त्यसबेला देखि नै नजिकबाट नियालीरहेका थिए ।  खानेपानीमा लामो अनुभव बटुलेका बास्तोलाले अध्यक्ष पदमा निर्वाचित भए संस्थालाई थप चलायमान बनाउने दृढ संकल्प अघि सारेका छन् ।

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा उनले देखाएको लगावका कारण मेघराज र बिर्तामोड खानेपानीपर्यायवाची जस्तै बनेको धेरैको भनाई छ ।

शुरुका दिनमा खानेपानी बितरणमा पाइपका कारण आइरनयुक्त पानी बितरण भएपनि अहिले त्यस्ता सबै पाइप परिर्वतन गर्दै एचडीपी पाइप खरिद गरेर पानी बितरण भइरहेको उनको भनाई छ ।  

सम्बन्धित समाचार